दफा
दर्ताको मान्यता

दफा ६ बमोजिम प्रदान गरिएको दर्ताको प्रमाणपत्र व्यक्तिगत घटना भएको छ भन्ने कुराको प्रमाण हुनेछ र त्यस्तो प्रमाण कुनै पनि कार्यालय र अदालतमा पेश गर्न तथा वैयक्तिक कारोवारमा प्रयोग गर्न सकिनेछ । तर कुनै व्यक्तिले झुट्टा विवरण दाखिल गरी दर्ताको प्रमाणपत्र लिएको रहेछ भन्ने कुरो प्रमाणित हुन आएमा, त्यस्तो दर्ताको प्रमाणपत्र रद्द हुनेछ ।

९क. दर्ता भएको उमेर, नाम र जात निशुल्क सच्याउन सक्ने ः (१) यो ऐन लागू भएपछि जन्मेको बच्चाको उमेर, नाम वा जात यस ऐनबमोजिम एक पटक दर्ता भई दर्ताको प्रमाणपत्र प्रदान गरिए पछि सच्याउन परेमा त्यस्को लागि सम्बन्धित व्यक्तिले त्यसरी दर्ताको प्रमाणपत्र प्रदान गरिएको मितिले ६ महिनाभित्र स्थानीय पंजिकाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा दरखास्त दिन सक्नेछ । (२) उपदफा (१) बमोजिम दिएको दरखास्त प्राप्त हुन आएपछि स्थानीय पंजिकाधिकारीले सो सम्बन्धमा छानवीन गरी दर्ता किताबमा र दर्ताको प्रमाणपत्रमा रहेको उमेर, नाम वा जात निशुल्क सच्याई दिन सक्नेछ । (३) यस ऐनबमोजिमको दर्ता किताबमा र प्रदान गरिएको दर्ताको प्रमाणपत्रमा रहेको कुनै व्यक्तिको उमेर, नाम वा जात यस दफा बमोजिम बाहेक प्रचलित अन्य कुनै पनि कानून बमोजिम सच्याउन सकिने छैन ।